माडीका ‘चायवाला चाचा’

चितवन — गुरुनारायण रौनियारको चिया पसलमा बिहानैदेखि भीड लाग्छ । पुरानो चिया पसलमा बन्ने चिया, नमकिन, दुनोट, समोसा, तरकारी र मिठाईको स्वादमा भुल्दै देशको राजनीति र गाउँटोलको प्रगति तथा समस्याका बारेमा घण्टौं गफिने प्रशस्तै भेटिन्छन् ।

माडीका ‘चायवाला चाचा’

उनले माडीमा चलाएको चिया पसल बाहिरबाट हेर्दा सामान्य छ । पुरानो र साँघुरो टहरोको चिया पसलबाट उनले भने लोभ लाग्दो प्रगति गरे ।


सर्लाही मलंगवा मूल थलो भएका गुरुनारायण रौनियार ३० वर्षअघि घुम्दैडुल्दै चितवन आए । उनी गाउँ डुल्दै कपडा बेच्ने गर्थे । पश्चिम चितवनको मेघौली दिव्यनगरमा डुल्दै गर्दा उनी चितवन राष्ट्रिय निकुञ्जको जंगल छिचोलेर माडी टेके । माडीमा अहिले धेरै सुविधा थपिएका छन् । सुविधा थपिँदा त अहिले माडीमा धेरै खाले असुविधाह छन्, त्यो बेला झन् केही थिएन ।


न राप्ती नदीमा पुल बनेको थियो, न रिउ खोलामा पुल थियो । बस्तीभित्रका दर्जनांै खहरे खोलामा अहिले पनि पुल छैन । वर्षायाममा माडी टापुमा परिणत हुन्थ्यो । बिजुली थिएन, स्वास्थ्योपचारको राम्रो प्रबन्ध थिएन । माडीका आदिवासी थारूहरू हुन् । २०१३ सालपछि चितवनमा पहाडबाट बसाइँसराइ सुरु भयो । माडीमा पनि पहाडबाट झरेकाहरू धान स्याहार्न पाइने चाहनाले बसाई आउन थाले ।


बस्ती बाक्लो हुने छाँट देखेपछि गुरुनारायण रौनियार पनि माडीमै अडिने निधोमा पुगे । वसन्तपुर बजारमा उनले चिया पसल थापे । २५ वर्षअघि पत्नी शोभावतीदेवीलाई पनि मंलगवाबाट माडी बोलाए । त्यो बेला उनको छोरी जन्मेकी थिइन् । माडी आएपछि २ छोरा पनि जन्मिए ।


छोरी प्रियंका, छोरा पंकज र रञ्जन उनकै चिया पसलमा भेटिन्छन् । पंकज चिया पकाउँछन्, रञ्जन र प्रियंका पनि काम सघाउँछन् । तर यी सन्तान चिया पसलमा मात्रै सीमित छैनन् । ‘म अहिले बिदामा आएको हो । घर आएपछि चिया पकाएरै बस्छु,’ पंकजले भने । पंकज भारतको हरियाणामा मेकानिकल इन्जिनियरिङ पढदै छन् ।


दिदी प्रियंका एचए सकेर वीर अस्पतालमा स्वयंसेवा गर्दै छिन् । कान्छो रञ्जनले एसईईपछि भरतपुर बसेर १२ कक्षा उत्तीर्ण गरे । अहिले उनी एमबीबीएसको तयारीमा लागेका छन् ।

प्रकाशित : माघ १, २०७५ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?