मनाइयो नुवाकोटमा भूकम्प दिवस 

कृष्ण थापा

नुवाकोट — 'विपद्‍बाट सुरक्षित हुने नागरिक अधिकार पूरा गर्न जिम्मेवार संघ, प्रदेश र स्थानीय सरकार' को सन्देशसहित यहाँ भूकम्प दिवस मनाइएको छ । बुधबार बिहान ढुंगेबजारबाट सुरु भएको प्रभात फेरी विदुरबजार, दम्की, संगमचोक हुँदै नुवाकोट आदर्श क्याम्पस अगाडि कोण सभामा परिणत भएको थियो ।

मनाइयो नुवाकोटमा भूकम्प दिवस 

कोणसभामा बोल्दै विदुर नगरपालिकाका मेयर सन्जु पण्डितले आफूले बनाउने संरचनाले मानवीय क्षति हुने भएकाले पुनर्निर्माण गर्दा भूकम्प प्रतिरोधात्मक घर तथा भवनमा जोड दिन स्थानीयवासीलाई आग्रह गरे । जिल्ला समारोह समिति अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले भूकम्प आफैंमा खतरा नभए पनि बनेका संरचना र भौतिक वस्तुले गर्दा मानवीय क्षति पुर्‍याउने भएकाले सतर्क रहनुपर्ने बताए ।


कार्यक्रममा रेडक्रसले भूकम्प र त्यसले मानवमा पारेको असरबारेम जनचेतनामूलक सडक नाटक प्रदर्शन गरेको थियो ।


प्रभातफेरीमा सरकारी तथा गैरसरकारी निकायका प्रमुख तथा प्रतिनिधि, विधार्थी, शिक्षक, नेपाल प्रहरी, सशस्त्र , नेपाली सेना र सर्वसाधारणको सहभागिता थियो ।

प्रकाशित : माघ २, २०७५ १२:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?