इँटाको चाङ पल्टँदा दिदीभाईको मृत्यु

काभ्रे — इँटाको चाङ पल्टँदा पाँचखालमा दिदीभाईको मृत्यु भएको छ । हनुमान इँटा उद्योगमा भएको घटनामा रोल्पा गंगादेव गाउँपालिकाका ज्ञानबहादुर परियारका ११ महिने नाबालक छोरा निर्माण र ३ वर्षीया छोरी जेनिशाको मृत्यु भएको काभ्रे प्रहरी प्रमुख एसपी रविराज खड्काले जानकारी दिए । 

इँटाको चाङ पल्टँदा दिदीभाईको मृत्यु

उद्योगमा मजदुरी गर्न आएका ज्ञानबहादुरका छोराछोरी उद्योग परिसरमा खेल्दै थिए । पढाई छोडेर बालबालिकाहरू अभिभावक साथमा इँटा उद्योगमा नै आउने गरेका छन् ।


यस्तै,रोल्पाको पारी गाउँपालिकाकी ३ वर्षीया झरना घर्ती र भारत दरबंगाका ३५ वर्षीय सितादेवी पासवान घाइते भएका छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : माघ ३, २०७५ १८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?