कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

मोटरसाइकलको बजेटले दमकल

रासस

काभ्रेपलाञ्चोक — पाँचखाल नगरपालिकाले चालू आर्थिक वर्षमा वडाध्यक्षलाई मोटरसाइकलका लागि छुट्याइएको बजेटले दमकल खरिद गर्ने निर्णय गरेको छ ।

नगर प्रमुख महेश खरेलले कार्यपालिकाले मोटरसाइकलका लागि छुट्याएको बजेटले दमकल खरिद गर्ने निर्णय गरेको बताए । उनले भने,'नगरको आवश्यकतालाई प्राथमिकता दिइयो ।'


नगरको चालू आर्थिक वर्षमा २१ लाख ७५ हजार रुपैयाँ वडाध्यक्षका लागि मोटरसाइकल खरिद गर्न बजेट छुट्याइएको थियो । त्यस बजेटमा नगरको समग्र एकीकृत योजनाको केही रकम तथा अन्य खर्च जोगाएर करिब ७१ लाख रुपैयाँमा दमकल खरिद गरिने नगरप्रमुख खरेलले जानकारी दिए ।


नगरको आवश्यकतालाई प्राथमिकता दिएर मोटरसाइकलको बजेट दमकल खरिद गर्ने प्रक्रियामा सबै वडाध्यक्षले सहयोग गरेको सात नम्बरका वडाध्यक्ष पुष्कर ढकालले बताए ।


उनले यसअघि पाँचखाल क्षेत्रमा आगलागी हुँदा निकै समस्या झेल्नुपरेको बताए । गतसाल नगर प्रमुखलाई गाडी खरिद गर्न छुट्याइएको ४५ लाख रुपैयाँ तीन वडाका बासिन्दाका लागि खानेपानी व्यवस्थापनमा राखिएको थियो ।

प्रकाशित : माघ ५, २०७५ १२:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?