२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

चितवनमा एक कैदीको मृत्यु

रासस

रत्ननगर — जबरर्जस्ती करणी मुद्दामा थुनामा रहेका एक कैदीको मृत्यु भएको छ । क्यान्सर रोगबाट पीडित सर्लाही लालबन्दी ८ का ७० वर्षका शिवराम विकको आइतबार बिहान उपचारको क्रममा भरतपुरस्थित क्यान्सर अस्पतालमा मृत्यु भएको जिल्ला कारागारका प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिए । 

उनलाई क्यान्सरको उपचारका लागि गत असोज २८ गते काठमाडौँ स्थित केन्द्रीय कारागारबाट चितवन ल्याइएको थियो । ११ वर्ष कैद भुक्तान गर्नुपर्ने विकलाई २०७३ चैत १२ गते जेल चलान गरिएको थियो ।

प्रकाशित : माघ ६, २०७५ १२:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?