कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

मन्थली बस दुर्घटना दुईको मृत्यु २५ घाइते

रामेछाप — ओखलढुंगाको घोराखोरीबाट काठमाडौंका लागि छुटेको बा४ख ४२१० नम्बरको अरनिको यातायातको यात्रुवाहक बस रामेछापको मन्थली १, मच्छेडाडीमा आइतबार दुर्घटना भएको छ ।

मन्थली बस दुर्घटना दुईको मृत्यु २५ घाइते

दुर्घटनामा चम्पादेवी ६, ओखलढुंगाका ओम कार्की र मन्थली ५, सुनारपानीका नीरज भुजेलको मृत्यु भएको छ । प्रहरीका अनुसार कार्कीको घटनास्थलमै र भुजेलको उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो ।


दुर्घटनामा २५ यात्रु घाइते भएका छन् । सख्त घाइते १० जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । केही घाइतेको मन्थलीकै तामाकोसी सहकारी अस्पतालमा उपचार भइरहेको छ । केही उपचारपछि घर फर्किएका छन् । प्रहरीका अनुसार ओरालोमा गुडिरहेको बसको ब्रेक फेल भएको हो ।


यसैबीच दुर्घटनाका घाइतेलाई थप उपचारका लागि काठमाडौं पठाउन खोज्दा जिल्ला स्वास्थ्य कार्यालयको एम्बुलेन्सका चालक नरबहादुर तामाङले अग्रिम भुक्तानी नगरी बिरामी नबोक्ने अडान लिएका थिए ।


घाइतेका आफन्तसँग पैसा नभएपछि तामाकोसी सहकारी अस्पतालले नै उक्त एम्बुलेन्सका लागि ७ हजार रुपैयाँ दिएको थियो । अग्रिम भुक्तानीपछि तामाङ बिरामी लिएर काठमाडौं हिँडेका थिए । तामाकोसी सहकारी अस्पताल र नेपाल रेडक्रसका एम्बुलेन्सले भने घाइते बोक्दा अग्रिम पैसा मागेनन् ।


अस्पतालमा सख्त घाइते छटपटाइरहँदा अग्रिम भुक्तानी माग्नु बेइमानी भएको मन्थली नगरपालिका ३ का वडासदस्य नारायण बोगटीले बताए । उनले भने, ‘त्यसमाथि सरकारी एम्बुलेन्सले त झनै हुँदैन ।’

प्रकाशित : माघ ६, २०७५ १३:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?