कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

चालकका आँखा परीक्षण

धादिङ — लामो दूरीका सवारी साधनका चालकहरूको स्वास्थ्य परिक्षण नियमित गर्न चालकहरूले नै जोड दिएका छन् ।

चालकका आँखा परीक्षण

दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले आइतबार पृथ्वी राजमार्गको मलेखु खण्डमा चालकको आँखा र रक्तचाप परीक्षण गरिएको थियो । चालकहरूले पनि सवारीसाधनका कागजपत्र भन्दा पनि आफ्नो नियमित स्वास्थ्यजाँच गरिदिन आग्रह गरे ।


‘साहुको दबाबमा निरन्तर सवारी साधन चलाउनेबाहेक अरूमा ध्यान जाँदैन, ट्राफिक प्रहरीले नै समय–समयमा निरन्तर हाम्रो स्वास्थ्य परीक्षण गरिदिनुपर्‍यो,’ काठमाडौं–गोरखा चल्ने लु१ज ९८७१ का चालक पूर्णबहादुर गुरुङले भने । अर्का चालक सुरेन्द्र श्रेष्ठले समयमा सुत्न र खाना नपाइने चालकसँग गाडीका कागजात मात्रै नभई स्वास्थ्य पनि बेलाबेला जाँच हुनुपर्ने बताए । देशरभरका सवारीसाधन राजधानी आउनुपर्ने यो प्रवेशद्वारमा दैनिक १२ हजार गाडी गुड्छन् ।


लामोदूरीका रात्रिबसका चालक बिहानीपख निदाउने समस्याले धेरै साना–ठूला दुर्घटनामा परेको गजुरीस्थित ट्राफिक प्रहरी निरीक्षक हेमराज घिमिरेको भनाइ छ ।


बिहानैदेखि सवारी चलाउन व्यस्त रहने चालकले आफ्नो स्वास्थ्यमा ध्यान नदिने गरेको पाइएको र राजमार्गमा असावधानीवश सवारी चलाउँदा दुर्घटना भइरहने भएकाले स्वास्थ्य परीक्षण अभियान सञ्चालन गरिएको घिमिरेले बताए ।


ट्राफिक प्रहरीले जिल्ला स्वास्थ्य कार्यालय र सामुदायिक आँखा अस्पतालको सहयोगमा मलेखु स्थित फुर्केखोलामा चालकहरूको रक्तचाप र आँखाको दृष्टि क्षमता परीक्षण गरेको थियो ।

प्रकाशित : माघ ७, २०७५ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?