कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

गाँजासहित वृद्ध पक्राउ 

प्रताप विष्ट

हेटौंडा — लागूऔषधसहित प्रहरीले एक वृद्धलाई हेटौंडाबाट मंगलवार पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका—१९ का ७० वर्षीय चन्द्रबहादुर ब्लोन तामाङलाई ७४ केजी गाँजासहित पक्राउ गरेको हो ।

गाँजासहित वृद्ध पक्राउ 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मधुकुमार थापा नेतृत्वको प्रहरी टोलीले हेटौंडा–१९ सिंगरा चोकका ब्लोनको घरबाट गाँजा १६ किलो, सोही स्थानका पूर्णबहादुर भ्लोन तामाङको घरबाट ३२ किलो र बुद्धिलाल ब्लोन तामाङको घरबाट २६ किलो गरी ७४ केजी गाँजा बरामद गरेको छ ।


चालु आवमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले सञ्चालन गरेको गाँजा तथा अफिम फडानी अभियानको अन्त्यतिर आइपुग्दा कतिपय स्थानका कुनाकाप्चामा फडानी गर्न छुट हुन गएको गाँजा जम्मा गरी बेचबिखनको लागि राखेको अवस्थामा प्रहरी घरमा छापा मारेर बरामद गर्ने गरेको छ ।

प्रकाशित : माघ २३, २०७५ १६:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?