कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

बस दुर्घटनामा चालकको मृत्यु, १३ जना घाइते

हरिहरसिंह राठौर

काठमाडौँ — सदरमुकामदेखि सिद्धलेकको नलाङ्ग जाँदै गरेको बस ससाह खोला नजिकै दुर्घटना हुँदा चालक शिव सिलवालको मृत्यु भएको छ भने । १३ जना यात्रु घाइते भएका छन् । स्थानीय चढेको बा ३ ख २७३१ नम्बरको बस नीलकण्ठ नगरपालिकाको वडा नं ८ ससाहको सडकछेउको पर्खालमा ठोक्किएर दुर्घटना भएको थियो ।

बस दुर्घटनामा चालकको मृत्यु, १३ जना घाइते

दुर्घटनामा सख्त घाइते भएका बस चालक सिद्धलेक–२ का शिवराम सिलवाललाई उपचारको लागि काठमाडौं लैजाँदै गर्दा बाटोमा

मृत्यु भएको प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले बताए ।

.....


जिल्लाको सिद्धलेक नलाङ्ग नगरपालिकाको ससाहामा शनिबार अपराह्न बस दुर्घटना भएको हुँदा चालकसहित ९ जना घाइते भएका छन् । ग्रामीण यातायात प्रालिको बा ३ ख २७३१ नम्बरको बस अनियन्त्रित भई भित्तामा ठोक्किन पुगेको हो । बसमा सिद्धलेक नगरपालिकाकै अधिकांश यात्रु थिए ।


दुर्घटनामा घाइते चालक शिव सिलवालसहित ९ जनालाई नै जिल्ला अस्पतालमा पुर्‍याइएको प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बताए । उनीहरुमध्य गम्भीर घाइते ६ जनालाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको जिल्ला अस्पताल धादिङले जनाएको छ ।


प्रकाशित : माघ २६, २०७५ १६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?