नुवाकोटमा जन्ती बोकेको बस पल्टियो, ५ घाइते, २ को अवस्था गम्भीर

कृष्ण थापा

नुवाकोट — काठमाडौंबाट जन्ती लिएर दुप्चेश्वर गाउँपालिका बालकुमारी आउँदै गरेको बस दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

नुवाकोटमा जन्ती बोकेको बस पल्टियो, ५ घाइते, २ को अवस्था गम्भीर

बुधबार साँझ करिब साढे ७ बजे टोखा-छहरे सडक खण्डअन्तर्गत नुवाकोटको शिवपुरी गाउँपालिका ८ थापागाउँमा बा २ ख २३८६ नम्बरको यात्रुवाहक बस दुर्घटनामा परेको जिल्ला प्रहरी प्रमुख एसपी कृष्णबहादुर पल्लीमगरले बताए । उनका अनुसार बस सडकमा पल्टेर बाटो छेकिएको छ ।


घाइतेको उपचारका लागि काठमाडौंबाट एम्बुलेसन्स बोलाइएको एपी पल्लीमगरले बताए । बसमा कति सवार थिए भन्ने एकीन भइसकेको छैन ।

प्रकाशित : फाल्गुन १, २०७५ २०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?