कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

अस्पतालमा ‘नक्कली सीआईबी’

कान्तिपुर संवाददाता

चितवन — क्यान्सरको उपचार हुने देशकै मुख्य अस्पताल भरतपुरको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका एकजना चिकित्सकले आफू असुरक्षित भएको भन्दै सुरक्षाको प्रत्याभूति नहुँदासम्म काम गर्न नसक्ने जानकारी अस्पताल प्रशासनलाई गराएका छन् ।

एक साताअघि दुईजना युवाहरू अस्पतालभित्र छिरेर आफूलाई दुव्र्यवहार गरेकाले ती व्यक्तिलाई कारबाही हुनुपर्ने उनको माग छ ।


माघ २४ मा आफूमाथि दुव्र्यवहार भएको अस्पतालका चिकित्सक डा. कृष्णसागर शर्माले प्रशासनलाई जानकारी गराएका छन् । उनी अस्पतालको बालक्यान्सर युनिटका कन्सल्ट्यान्ट हुन् । उक्त दिन दुई अपरिचित युवाहरू वार्डमा आएर ओपीडी किन नगएको भनेर वातावरण नै त्रसित हुने गरी होहल्ला गरेको डा. शर्माले अस्पताल प्रशासनलाई जानकारी गराएका छन् ।


‘पछि कोठामा लगेर उनीहरूले आफू प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)बाट अनुसन्धानका लागि आएको हो भने । यहाँको अस्पतालमा विकृति मौलाएको र त्यसलाई रोक्न अस्पताल प्रशासनले र जिल्लाको प्रहरी प्रशासनले समेत नसेकेको भन्दै मलाई कारबाहीको धम्की दिए,’ डा.शर्माले भने । उनीहरूले ‘एमाले’का केटाहरू लगाएर अस्पतालका कार्यकारी निर्देशकलाई किन थर्काएको समेत भनेको डा. शर्माले बताए ।

प्रकाशित : फाल्गुन २, २०७५ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?