काठमाडौंबाट धादिङ आउने सवारी साधन बन्द

हरिहरसिंह राठौर

काठमाडौँ — पृथ्वीराजमार्गमा शुक्रवार भएको सडक दुर्घटनामा मृत्यु भएका युवकका आफन्तहरूले शनिवार धादिङमा सञ्चालन हुने सवारी साधनमा अवरोध गरेका छन् । 

काठमाडौंबाट धादिङ आउने सवारी साधन बन्द

पृथ्वीराजमार्गको थाक्रे –१ एक्लेफाँटमा बसले मोटरसाइकललाई ठक्कर दिँदा शुक्रवार एकजनाको मृत्यु भएको थियो भने एक जना घाइते भएका थिए ।


उक्त घटनाको विरोधमा शनिवार पीडित पक्षका आफन्तहरूले काठमाडौँबाट धादिङका लागि चल्ने सबै बस तथा माईक्रोबसको सेवा अवरुद्ध गरेका छन् ।


पीडित पक्षले माछापोखरी काउन्टरमा प्रदर्शन गर्दै अवरुद्ध गरिरहेका छन् । धादिङबाट आएका केही बसहरू भने माछापोखरी नआई बालाजु तथा कलंकी बाटै फर्किरहेका छन् ।

प्रकाशित : फाल्गुन ४, २०७५ १६:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?