२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

धादिङमा डन्डीबियो

कान्तिपुर संवाददाता

(धादिङ) — सदरमुकाम धादिङबेंसीमा अन्तर माविस्तरीय डन्डीबियो प्रतियोगिता आइतबार सुरु भएको छ । पहिलो दिन मनरूपी माविविरुद्धको खेलमा लापा मावि विजयी भएको छ । भैरवी मावि सुनौलाले अमरआदर्श माविलाई हराएको छ । 

धादिङमा डन्डीबियो

जिल्ला स्काउट कार्यालय धादिङ र नेपाल डन्डीबियो संघको संयुक्त आयोजनामा भएको प्रतियोगिता तीन दिन चल्नेछ । त्यसमा जिल्लाका ४३ टिमको सहभागिता छ । जिल्लामा पहिलोपल्ट आयोजित लोपोन्मुख

खेलमा रहेको डन्डीबियोको प्रशिक्षण समेत सञ्चालन गरिएको थियो ।


नयाँ पुस्तालाई यस खेलसम्बन्धी जानकारी दिएर लोप हुने अवस्थामा पुगेको डन्डीबियोको जगेर्ना गर्न प्रतियोगिता गरिएको स्काउट धादिङका जिल्ला समन्वय आयुक्त शिवराज सापकोटाले बताए ।


नेपालको मौलिक खेलको रूपमा रहेको डन्डीबियोको जर्गेना गर्नुका साथै नयाँ पुस्तालाई यसप्रति आकर्षित गराउने प्रयासस्वरूप गरिएको स्काउटका जिल्ला आयुक्त विनोदमान श्रेष्ठले बताए ।


विजेताले ५० हजार, उपविजेताले ३० हजार, तेस्रोले २० हजार र चौथो हुने टिमले १० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।


प्रकाशित : फाल्गुन ६, २०७५ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?