१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

हेटौंडामा ओपाल सेवा

कान्तिपुर संवाददाता

हेटौंडा — सामुदायिक आँखा अस्पतालले आइतबारदेखि ओपाल सेवा सुरु गरिएको छ । आखाँको परेला लत्रेको, आँखाबाट आँसु झरिरहने र सानो आँखालाई शल्यक्रियाको माध्यमबाट ठूलो बनाउने कार्यलाई ‘अकुलोप्लास्टी’ अर्थात् ओपाल सेवा भनिन्छ । 

आँखाको नली बन्द भएर निरन्तर आँसु बगिरहने समस्याका बिरामीलाई शल्यक्रिया गर्न सकिने डा. होमबहादुर गुरुङले बताए । उनका अनुसार जन्मजात वा उमेरका कारणले परेला लत्रेर दृष्टिमा समस्या हुने गर्छ । ‘त्यस्तो समस्या भएका बिरामीलाई शल्यक्रियामार्फत परेला माथि तान्न सकिन्छ,’ उनले भने ।


बिरामीलाई आँखा उपचारसम्बन्धी जानकारी दिने कार्यक्रमअनुसार ओपाल सेवा सुरु गरिएको अस्पताल प्रमुख डा. सुनील थकालीले बताए ।

प्रकाशित : फाल्गुन ६, २०७५ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?