घरमै करोडको गाँजा–चरेस

दुई व्यापारी पक्राउ
कान्तिपुर संवाददाता

हेटौंडा — करोड मूल्यबराबरको चरेस र गाँजाको धुलोसहित पक्राउ परेका दुई व्यापारीलाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरीको टोलीले बुधबार मकवानपुरको कैलाश–१ डाँडाखर्कका चन्द्रबहादुर घलानको घरबाट २ सय ७३ केजी चरेस र गोठबाट १ सय ९० केजी गाँजाको धुलो बरामद गरेको थियो ।

घरमै करोडको गाँजा–चरेस

त्यस क्रममा घरधनी घलान र अर्का चरेस व्यापारी धादिङ गजुरीका जीवन तामाङ पक्राउ परेका छन् । तामाङ चरेस बिक्री गर्न चन्द्रबहादुरकै घरमा बसेका थिए । ‘घलान र तामाङ दुवै पुराना गाँजा व्यापारी हुन्,’ प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले पत्रकार सम्मेलनमा भने ।


प्रहरी व्यापारीको भेषमा गएर उनीहरूलाई नियन्त्रणमा लिएको उनले जानकारी दिए । पक्राउ परेकाहरूले चरेस प्रतिकेजी ३० हजार रुपैयाँ र चरेस बनाउने गाँजाको धूलो प्रतिकेजी २० हजार रुपैयाँमा भारतीयलाई बिक्री गर्ने गरेको बयान दिएका छन् । उनीहरूले चरेस र गाँजाको धूलो धादिङबाट खरिद गरेर ल्याएको बताएका छन् ।


‘प्लास्टिकका २६७ वटा पोकामा चरेस लुकाएर राखिएको थियो भने ५ वटा बोरामा गाँजाको धूलो लुकाइएको थियो,’ प्रहरी निरीक्षक पवनकुमार झाले भने । झाकै नेतृत्वको टोलीले गाँजा व्यापारीलाई नियन्त्रणमा लिएको हो ।

प्रकाशित : फाल्गुन १०, २०७५ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?