१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

रसुवागढी जोड्ने सडक स्तरोन्नति गर्छाै‌ं – मुख्यमन्त्री पौडेल 

बलराम घिमिरे

रसुवा — रसुवागढी नाका जोडने सडकको दुरावस्था देखेर प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले दुःख व्यक्त गरेका छन् । आइतबार रसुवागढी पुगेका पौडेलले नाका जोड्ने दुवैतर्फको सडक व्यवस्थापन गर्नुपर्ने बताए ।

रसुवागढी जोड्ने सडक स्तरोन्नति गर्छाै‌ं – मुख्यमन्त्री पौडेल 

'दुवै सडकलाई प्राथमिकता दिएर स्तरोन्नति गर्नुपर्छ,' उनले भने, 'रसुवा देशको अर्थतन्त्रमा महत्व राख्ने र दैनिक करोडौ राजश्व संकलन गर्ने जिल्ला भएकोले यहाँको सडक विस्तार र स्तरीकरणको विषयमा केन्द्र सरकारसँग गम्भीरतापूर्वक कुरा गर्छु ।'


प्रदेशका १३ जिल्लाहरु मध्ये रसुवा नेपालको लाइफ लाइन भएको समेत उनले बताए । चीन जोडने महत्वपूर्ण सडकलाई केन्द्र सरकारले यतिका समयसम्म यस्तो हालतमा राख्नु दुःखद भएको भन्दै पौडेलले अब त्यस्तो नहुने बताए ।


भूकम्पका कारण तातोपानी नाका बन्द भएपछि तत्कालका लागि चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी पुग्ने सडक यही नै हो । पासाङल्हामु सडक खण्ड मर्मत सम्भार नहुँदा दिन दिनै जीर्ण हुँदै गएको छ । गल्छी-त्रिशुली-मैलुङ-स्याप|mुबेासी सडक महिनौं बितिसक्दा समेत संचालनमा नआउँदा स्थानीयले गुनासो गरेका थिए ।


प्रदेश सरकारले जिल्लाको वस्तुस्थिति अनुसार प्रत्येक जिल्लालाई फरक फरक ढंगले अगाढी बढाउने बताए । रसुवा नेपालकै तेस्रो पर्यटकीय क्षेत्र भएकाले त्यसै अनुरुपको विकास गरिने समेत उनले बताए ।


परिवर्तित संरचना अनुसार विकास गर्ने कार्यशैलीलाई पनि परिवर्तन गर्न आवश्यक रहेको बताए । छिटो भन्दा छिटो विकास गर्न र विकासको गति बढाउन जरुरी रहेको उल्लेख गर्दै दौडिन नसके परिवर्तनको आभाश दिन पनि नसकिने बताए । 'हामीले व्यवस्था परिवर्तन गर्‍यौं त्यँही अनुसार परम्परागत शैलीहरुलाई पनि परिवर्तन गर्नु जरुरी छ,' उनले भने ।


चीनको केरुङ जानका लागि निजी सवारी तथा मोटरसाइकललाई निर्वाध रूपमा संचालन गर्न दिनुपर्ने गोसाईकुण्ड गाउँपालिका उपाध्यक्ष कारग्याल्मो श्रेष्ठले बताइन् ।


टिमुरेका स्थानीयहरूले मुख्यमन्त्री समक्ष सोह्र बुँदे माग राखेर ज्ञापन पत्र बुझाएका छन् । टिमुरेमा निर्माण हुने सुख्खा बन्दरगाह छिटो निर्माण हुनुपर्ने, वानडे पासको व्यवस्था हुनपर्ने, नाका जोडने सडक छिटो निर्माण हुनपर्ने लगायतका माग राखेका छन् । मन्त्री पौडेलले आइतबार रसुवागढी नाका, चिलिमे जलविद्युत आयोजना, ऐतिहासिक स्थल रसुवागढीको अवलोकन गरेका थिए ।

प्रकाशित : फाल्गुन १३, २०७५ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?