१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

जन्ती बस पल्टँदा एकको निधन, दुई गम्भीर

कान्तिपुर संवाददाता

चितवन — रत्ननगरबाट माडी फर्कदै गरेको जन्ती बस शनिवार चितवन राष्ट्रिय नकिुञ्जभित्रको बाटोमा कसरा नजिक पल्टँदा एकजनाको निधन भएको छ । दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

जन्ती बस पल्टँदा एकको निधन, दुई गम्भीर

अन्य ८ जना घाइते भएका छन् । बसमा ३५ जना थिए । प्रहरीका अनुसार ना ७ ख २२८ नम्बरको बस साँझ सवा पाँच बजेतिर पल्टेको थियो ।


उपचारका क्रममा माडी-२ चिरौलीका २८ वर्षीय मिथुन महतोको साँझ पौने ७ बजे भरतपुरको सरकारी अस्पतालमा निधन भएको चतिवन प्रहरीले जानकारी दिएको छ । चिरौलीका क्षितिज महतो र पुजा महतोको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुको चितवनमै उपचार भइरहेको छ ।

प्रकाशित : फाल्गुन २५, २०७५ २०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?