कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टहराे जल्दा एकको मृत्यु

दोलखा — टहरामा आगलागी हुदाँ शनिवार राति भीमेश्वर नगरपालिका-४ स्थित सार्केस्वारामा एक जनाको मृत्यु भएको छ । टहराभित्र रहेका ५७ वर्षीय खड्गप्रसाद चौलागाईकाे शव जलेकाे अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रहरीका अनुसार मृतकका छोराछोरी टहरा भन्दा ३० मिटर तलको घरमा बसेका थिए । रातिको घटना भए पनि टहरा जलेको बिहानमात्रै थाहा भएको थियो । आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित : चैत्र ३, २०७५ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?