जिपकाे ठक्करबाट एककाे मृत्यु

रमेशकुमार पौडेल

चितवन — पूर्वपश्चिम महेन्द्र राजमार्गको रत्ननगर खण्डमा सोमबार बिहान बोलेरो जिपकले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त जानकारी अनुसार पूर्वबाट नारायणगढतर्फ आउँदै गरेको ना ४ च ५००७ नम्बरको गाडीले बिहान साढे नौ बजे रत्ननगर नगरपालिका-१० निपनी चोकमा स्थानीय १५ वर्षीय वसन्त थापालाई ठक्कर दिएको थियो ।

जिपकाे ठक्करबाट एककाे मृत्यु

पैदल हिडिरहेका बेला गम्भीर घाइते भएका थापालाई उपचारका लागि भरतपुरको नयाँ मेडिकल कलेज शिक्षण अस्पताल ल्याइएको थियो । चिकित्सकले सवा १० बजे उनलाई मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।


घटनालगत्तै स्थानीयले राजमार्ग अवरुद्ध गरेका थिए । पौने दुई बजे प्रहरीले बल प्रयोग गरेर बाटो खुलाएको छ । जिप र चालकलाई इलाका प्रहरी कार्यालय रत्ननगरले नियन्त्रणमा लिएको डिएसपी दयानिधी ज्ञवालीले बताए ।

प्रकाशित : चैत्र ४, २०७५ १४:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?