गुडिरहेको ट्रकमा आगलागी

राजकुमार कार्की

सिन्धुली — बीपी राजमार्ग अन्तर्गत कमलामाइ नगरपालिका-२ को पिपलभन्ज्याङमा गुडिरहेको ट्रकमा आगलागी भएको छ । मंगलबार सदरमुकाम सिन्धुलीमाढीबाट मन्थलीतर्फ जाँदै गरेको बा ५ ख ३७३६ नम्बरको सिमेन्ट लोड भएको ट्रकमा आगलागी भइ जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

गुडिरहेको ट्रकमा आगलागी

ट्रकको पछाडिको टायरबाट आगो सल्किएको थियो । आगलागीबाट ट्रक र सामान गरि ३४ लाख बराबरको क्षति भएको समेत प्रहरीले जनाएको छ ।

ट्रकमा आगलागी भएपछि दुईघण्टा बीपी राजमार्ग बन्द भएको थियो । जलेको ट्रकलाई पन्छाएर यातायात सुचारु गरिएको छ ।

प्रकाशित : चैत्र ५, २०७५ १३:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?