कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

कमला नदीमा पक्की पुल

सिन्धुली — बर्खामा सदरमुकामसँग सम्पर्कविच्छेद हुने दुधौली नगरपालिकाको हत्पते, डकाहा, सिर्थौली, दुधौली, लदाभीरका स्थानीले अब बाह्रै महिना दुःख झेल्नु नपर्ने भएको छ । दुधौली नगरपालिका पारीका बासिन्दाको सपना खनियाँमा गएर साकार भएको छ ।

कमला नदीमा पक्की पुल

दुधौली ५, खनियाँबाट वडा ६ को हर्षाही जोड्ने कमलानदीको पक्की पुल निर्माण पूरा भएर सञ्चालनमा आएसँगै अब मोटर चल्ने भएको हो । पुल २ वर्षको अवधिमै बनेको हो ।


हर्षाहीलाई जोड्ने गरी कमला नदीमा ५ सय मिटर लामो पक्की पुल निर्माण गरेर सञ्चालनमा आएसँगै त्यस क्षेत्रका बासिन्दाले वर्षातको मौसममा ज्यानै गरी भोग्दै आएको सास्तीबाट मुक्ति पाएका छन् । डकाहाका ७५ वर्षीय शान्तिप्रसाद गौतम कमला नदी वारपार गर्ने क्रममा ज्यानै जाने गरी आफूले भोगेको सास्ती अहिले पनि झल्झली सम्झन्छन् ।


दुई वर्षअघिसम्मको यो उदेकलाग्दो घटना अहिले भने विपनामा परिणत भएको उनको भनाइ छ । पुलकै अभावमा प्रत्येक वर्ष वर्षातको मौसममा कमला नदी वारपार गर्दा कम्तीमा ४/५ जनाले ज्यान गुमाउँदै आएका थिए । साह्रो गाह्रो परेका बेला कमला नदीमा भेल भन्न पाइँदैनथ्यो,’ उनले भने, ‘अप्ठ्यारोमा परेका मानिसले रैथाने दनुवारलाई तार्न लगाई कमला नदी वारपार गर्नुपर्ने बाध्यता थियो ।’ पुल निर्माणले दुधौली नगरपालिका १ देखि ९ सम्मका र कमलामाई नगरपालिका वडा ९, १३ र १४ का बासिन्दा प्रत्यक्ष लभान्वित भएका छन् ।


सरकारको राष्ट्रिय गौरवको आयोजना धरान–चतरा–सिन्धुली–हेटौंडा सडकअन्तर्गत कटारीदेखि सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढीसम्म बाह्रै महिना यातायात सञ्चालन गर्न सुविधा पुगेको स्थानीय बासिन्दा बताउँछन् । कमला नदीमा उक्त पुल निर्माण गर्न २०७३ असार २९ गते निर्माण कम्पनी कालिका–तुदी–रसुवा जेभी काठमाडौंसँग सम्झौता भई सुरु गरिएको थियो ।


कुल ६१ करोड २२ लाख २८ हजार तीन सय रुपैयाँ लगानीमा निर्माण गरिएको उक्त पुल निर्माण कम्पनीले सम्झौताभन्दा एक वर्ष अगाडि नै निर्माण कार्य सम्पन्न गरेको जनाएको छ ।

प्रकाशित : चैत्र १०, २०७५ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?