१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

चरिकोट—लामोसाँघु सडक निर्माण बन्द

सिन्धुपाल्चोक — स्थानीयबाट असुरक्षा बढेको र कामको भुक्तानी नपाएको दाबी गर्दै ठेकेदारले लामोसाँघु चरिकोट सडकको निर्माण बन्द गरेका छन् । उक्त सडकको खाडीचौर मुडे २५ किमि खण्ड निर्माणमा संलग्न गौरी पार्वती कन्ट्रक्सन कम्पनीले सुरक्षाको भुक्तानी र सुरक्षाको ग्यारेन्टी नभई काम नगर्ने घोषणा गरेको छ ।

कम्पनीका साइट इन्चार्ज लोकबहादुर श्रेष्ठका अनुसार सुरक्षाको माग गर्दै जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन र चरिकोट सडक डिभिजन कार्यालयमा निवेदन दर्ता गरिएको छ ।


उक्त सडक विस्तार र कालोपत्रे आगामी जेठमा पूरा गर्ने गरी लक्ष्यअनुरूप निर्माण भइरहेको थियो । २०१७ पूरा गर्नुपर्ने सडकको काम ठेकेदारले नगरेपछि म्याद थप गरेर २०१९ मा पूरा गर्ने लक्ष्य राखिएको छ । यद्यपि कालोपत्रेको तयारी भइरहेको अवस्थामा ठेकेदारले नै निर्माण रोकेको जानकारी दिएको छ । सडकको १८ किमिमा सव बेस बिछ्याइसकेको छ । थप काम भइरहेको बेला स्थानीयले अनावश्यक दबाब दिएपछि काम रोक्न बाध्य भएको ठेकेदार पक्षको भनाइ छ ।


‘मजदुरमाथि दुर्व्यवहार मात्र भएको छैन ज्यान मार्नेसम्मको धम्की आएको छ,’ श्रेष्ठले गुनासो गरे । ‘सुरक्षा नभएसम्म काम गर्दैनौं,’ उनले भने । स्थानीयले भने सडक निर्माणको क्रममा धूलो उढेर स्वास्थ्यमा असर परेको गुनासो गर्दै आएका छन् । भारतको एक्जिम बैंकको सहयोगमा निर्माण भइरहेको सडक सुनौलो खिम्ती गौरी पार्वती जेभीको लापरबाहीका कारण निर्माणमा ढिलाइ भएको हो ।

प्रकाशित : चैत्र १०, २०७५ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?