कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सूचनाको हक : कार्यान्वयन निकाय नै परिकल्पना गरिएन

नगेन्द्र अधिकारी

हेटौंडा — प्रदेश ३ सरकारले सूचनाको हक कार्यान्वयन गर्न स्वायत्त आयोगको परिकल्पना नगरी विधेयक ल्याएको छ । सोमबार संसद्मा प्रस्तुत ‘प्रदेश सूचनाको हक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा सूचनाको हकको संरक्षण, सम्वर्द्धन र प्रचलन गर्न, कार्यालय प्रमुखले गरेको निर्णय उपर पुनरावेदन तथा अन्य उजुरी र निवेदन सुन्न एक ‘स्वतन्त्र’ पुनरावेदन समिति हुने भने पनि त्यसको गठन, संरचना आदि प्रावधानले समितिको स्वायत्ततामाथि प्रश्न उठाएको छ । 

स्वतन्त्र समिति भनिए पनि समितिको सचिवालय मन्त्रालयमा हुने र मन्त्रालयको कानुन महाशाखा प्रमुख (उपसचिव) ले समितिको सचिवको रूपमा काम गर्ने विधेयकमा छ । समितिले मन्त्रालयको विनियोजित बजेटबमोजिम सचिवालय खर्च एवं व्यवस्थापन हुने उल्लेख छ । मन्त्रालयको बजेट खर्च गर्ने, मन्त्रालयमा सचिवालय रहने र उपसचिवले सचिवको काम गर्ने समितिले स्वतन्क्र ढंगबाट काम गर्न नसक्ने सूचनाको हकको क्षेत्रमा कार्यरत अधिवत्ता सञ्जीव घिमिरेले दाबी गरे ।


‘मौलिक हकको कार्यान्वयन गर्न अलग्गै प्रदेश कानुन ल्याउनु राम्रो कुरा हो,’ अधिवक्ता घिमिरेले भने, ‘तर स्वतन्त्र निकाय नबनाई मन्त्रालयको महाशाखाको रूपमा समिति रहने प्रावधान राखेर अधिकारको कार्यान्वयन हुन सक्दैन ।’ विधेयकमा प्रदेश कार्यक्षेक्र बनाई कार्यरत वरिष्ठ अधिवत्ता वा १० वर्ष अनुभव प्राप्त अधिवक्ता अध्यक्ष, संघीय वा प्रदेश न्याय सेवाको कम्तीमा राजपक्रांकित द्वितीय श्रेणीबाट सेवा निवृत्त व्यत्ति र प्रदेश कार्यक्षेत्र बनाई आमसञ्चारक्षेत्रमा कम्तीमा १० वर्ष अनुभवप्राप्त व्यक्ति पुनरावेदन समितिको सदस्य हुने उल्लेख छ । आन्तरिक मामिला तथा कानुन मन्क्रीको अध्यक्षतामा मुख्य न्यायाधिवत्ता र पत्रकार महासंघका प्रदेश अध्यक्ष सदस्य रहेको सिफारिस समिति हुने विधेयकमा उल्लेख छ ।


विधेयकमा पुनरावेदन समितिको निर्णय नै अन्तिम मान्नुपर्ने व्यवस्था छ । संघीय कानुनअनुसार, राष्ट्रिय सूचना आयोगको निर्णय चित्त नबुझे उच्च अदालतमा पुनरावेदन दिन सक्ने व्यवस्था भए पनि विधेयकमा यस्तो कुनै प्रस्ताव छैन । विधेयकमा सार्वजनिक निकायले सूचना माग गर्दा उपलब्ध गराउनुपर्ने उल्लेख गरे पनि राजनीतिक दललाई सार्वजनिक निकायको रूफमा लिएको छैन, जसका कारण सूचनाको हकसम्बन्धी दायित्वबाट राजनीतिक दलहरू मुक्त हुने खतरा छ ।


सांसदहरूद्वारा दुःख व्यत्त

प्रदेशसभा ३ का सदस्यहरूले हावाहुरीका कारण बारा र पर्सामा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै सहयोग गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार विशेष समयमा बोल्ने अधिकांश सदस्यहरूले घटनाप्रति दुःख व्यक्त गर्दै सांसदहरू योगेन्द्रराज संग्रौला, राजाराम कार्की, गणेश दुलाल, भीमसेन खत्री, केशवराज पाण्डे, सुरेन्द्रराज गोसाई, जीवन खड्का, रिना गुरुङ, राजकाजी महर्जन, शोभा शाक्य, केशवप्रसाद पोखरेल, रमा आलेमगर लगायतले आफ्नो तलबबाट निश्चित रकम दिन आफूहरू तयार रहेको र छिमेकको दुःखमा सहयोग गर्न सरकारलाई अनुरोध गरे । मुख्यमन्त्री डोरमणि पौडेल, आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलाललगायतका मन्त्री स्वास्थ्यकर्मीसहितको टोलीसहित बारा पुगेको थियो ।


सांसदको प्रश्न– 'हाम्रो सुरक्षा खै ?’

प्रदेशसभा सदस्यले प्रदेश राजधानी आउने सडकको कारण आफ्नो ज्यान जोखिम भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रदेशसभाको सोमबारको बैठकमा बोल्ने अधिकांश सांसदले प्रदेश राजधानी जोड्ने सडक जोखिमयुक्त भएको भन्दै मर्मतसम्भारका लागि बजेट छुट्ट्याउन सरकारको ध्यानाकर्षण गराए ।


‘माननीयहरू सहिद भएको हेर्न चाहेको हो कि के हो ?’ सांसद केशवप्रसाद पोखरेलले भने, ‘प्रदेश सरकारले चासो दिएर त्यसको मर्मतसम्भारमा चासो दिनुपर्‍यो ।’ सांसद गणेश दुलालले राजधानी आउने सडक चल्ने खालको नभएको दाबी गरे । ‘अस्ति हामी ४ जना सांसद दुर्घटनमा पर्‍यौं, हेटौंडा आउने सडक राम्रो भएन,’ दुलालले भने, ‘बाटो आउँदाआउँदै हल्लिएर नृत्य प्राक्टिस हुन्छ ।’


सांसद भीमसेन खत्रीले पनि राजधानी जोड्ने दुवै सडक जोखिमयुक्त भएको बताए । ‘राजधानी आउने बाटो नै गतिलो छैन,’ खत्रीले भने, ‘निर्माणाधीन भए पनि ढिला हुँदा समस्या हुने गरेको छ ।’


प्रदेश राजधानी हेटौंडा आउन सांसदहरूले फाखेल–कुलेखानी र दक्षिणकाली–सिस्नेरी सडक प्रयोग गर्दै आएका छन् । साँघुरा सडक जोखिमयुक्तसमेत हुँदा दैनिक सवारी दुर्घटना हुँदै आएको छ ।

प्रकाशित : चैत्र १९, २०७५ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?