३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

सय थुम्कामा महोत्सवको तयारी

राजेन्द्र मानन्धर

दोलखा — एकसय भन्दा बढी स-साना पहाडका टुक्राहरू छरिए जस्तै देखिने शैलुङ डाँडामा सांस्कृतिक तथा प्राकृतिक महोत्सव हुने भएको छ । शैलुङ डाँडासँग जोडिएका दोलखाका शैलुङ र मेलुङ तथा रामेछापको दोरम्बा गाउँपालिकाले उक्त विशेषतालाई प्रचार गर्दै महोत्सव गर्न लागेको महोत्सव मूल आयोजक समारोह समितिले जानकारी दिएको छ ।

सय थुम्कामा महोत्सवको तयारी

तीन हजार तीन सय मिटर अग्लो भूमिमा २०७६ साल वैशाख १३ देखि १५ गतेसम्म महोत्सव हुन लागेको हो । शैलुङ क्षेत्रमा आन्तरिक तथा बाहृय पर्यटकको आगमनको सङ्ख्या वृद्धि गर्ने महोत्सवको लक्ष्य छ ।


दुई जिल्लाले शैलुङमा संयुक्त रूपमा पर्यटन प्रवर्द्धन गर्न साझा लक्ष्य बोकेर आयोजना गर्न लागेको महोत्सवमा चौरीको प्रदर्शन तथा त्यसका परिकारहरू राखिने छन् । दोलखा र रामेछाप जिल्लाका स्थानीय सांस्कृतिक रीतिरिवाज, भेषभुषा, नृत्यहरूको आयोजना पनि महोत्सवमा हुने छन् ।


चारैतिर हिमाली दृश्य, हरिया दुबोसहितका चौरबाट उठेका माटाका ढिस्कोबाट बनेका थुम्काहरूको दृश्य शैलुङको मुख्य विशेषता हो । तामाङ भाषामा शैलुङको अर्थ सय वटा डाँडाहरू भन्ने बुझिन्छ । राजधानीबाट अरनिको राजमार्ग हुँदै लामोसाँघु जिरी सडक र बीपी राजमार्ग हुँदै पुष्पलाल मार्गमार्फत सहायक मार्ग हुँदै शैलुङ पुग्न सकिन्छ ।


महोत्सवको उद्घाटनमा प्रधानमन्त्री केपी शर्मा ओली र समापनमा नेकपाका अध्यक्ष पुष्पकमल दाहालको उपस्थिति रहने आयोजकले जनाएको छ ।

प्रकाशित : चैत्र २७, २०७५ १५:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?