कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

वाग्मतीमा मोटरबोट

प्रताप विष्ट

हेटौंडा — मकवानपुरको पूर्वी क्षेत्रमा पर्ने वाग्मती गाउँपालिका हुँदै बग्ने वाग्मती खोलामा मोटरबोट चल्ने भएको छ । वाग्मती गाउँपालिकाको राईगाउँदेखि रौतहटको नुनथरसम्म जल याताायातको रूपमा आइतबार मोटरबोटको सफल परीक्षण गरिएको छ ।

वाग्मतीमा मोटरबोट

प्रतिनिधिसभाका अर्थ तथा विकास समितिका सभापति कृष्णप्रसाद दाहालको संसद् कोषको रकमले मोटरबोटको परीक्षण गरिएको हो । सभापति दाहालले मकवनापुर, सर्लाही र रौतहटको सिमानाको रूपमा नुनथरबाट आधा किलोमिटर मकवानपुरको वाग्मती गाउँपालिकातर्फसम्म मोटरबोट चढेर परीक्षण उद्घाटन गरेका थिए ।


सभापति दाहालले वाग्मती यस गाउँपालिकाको सभ्यताको नदी भएको भन्दै माछापालन र जलमार्गले पर्यटन प्रवर्द्धन तथा जल यातायातमा टेवा पुग्ने बताए । ‘वाग्मती गाउँपालिकामा रहेको संस्कृति तथा सामाजिक विकास, गापामा उत्पादित खाद्य र तरकारीलगायतको ढुवानीमा जल यातायातले महत्त्वपूर्ण भूमिका खेल्ने छ,’ उनले भने ।


नुनथरदेखि ७ किलोमिटर मकवानपुरको वाग्मतीं गापाको राईगाउँसम्म सञ्चालन गर्न हाललाई एउटा मात्र मोटरबोट छ । संसद् कोषको २० लाखको बजेटले नदीमा रहेका अग्ला ढुंगाका अवरोध हटाउने तथा राईगाउँमा स्टेसन निर्माणमा खर्च गरिने जनाएको छ । मोटरबोट खरिदका लागि अहिले बजेट नभएकाले नारायणी नदीमा चल्ने मोटरबोट मासिक दुई लाख भाडामा ल्याइएको र परीक्षणकालमा पर्यटकका लागि मात्रै सञ्चालन गरिने जनाइएको छ ।


वाग्मती गाउँपालिकाको राईगाउँका बासिन्दाहरू वाग्मती खोलामा जोखिम मोलेर मोटरको टायर चढेर ओहोरदोहोर गर्थे । ‘नियमित रूपमा मोटरबोट चलेमा जोखिम मोलेर स्थानीयवासीले अब वाग्मती तर्नु पर्दैन,’ गाउँपालिका अध्यक्ष सर्केश घलानले भने ।

प्रकाशित : वैशाख २, २०७६ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?