१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

चन्दलाई मूलधारमा ल्याउन प्रयत्न भइरहेको छ : गृहमन्त्री

नगेन्द्र अधिकारी

हेटौंडा — गृहमन्त्री रामबहादुर थापाले नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीलाई मूलधारमा ल्याउन अझै पनि प्रयत्न भइरहेको बताएका छन् । 

चन्दलाई मूलधारमा ल्याउन प्रयत्न भइरहेको छ : गृहमन्त्री

सुरक्षा गोष्ठीमा सहभागी हेटौंडा आएका गृहमन्त्री थापाले ध्वसांत्मक गतिविधिमा लागेकोले नियन्त्रण गर्न मात्रै खोजिएको दाबी गरे ।


'राज्य विद्रोही समूह, अझ स्पष्ट भन्दा विप्लव समुहलाई हिजो पनि वार्ता कमिटी नै मूलधारमा ल्याउन प्रयत्न भएको हो,' उनले भने, ' वार्ता मार्फत मूलधारमा ल्याउन फेरी पनि प्रयत्न जारी छ, संविधान विपरित ध्वंसात्मक गतिविधि गर्न कसैलाई पनि छुट छैन ।' असंवैधानिक र गैरकानूनी कार्य गरेकोले उसका नेता कार्यकर्तालाई पक्राउ गरेको दाबी गृहमन्त्री थापाले गरे । संविधान र राज्यविरोधी गतिविधि नियन्त्रण गर्न सरकार धेरै हदसम्म सफल भएको उनले दाबी गरे ।


प्रदेश ३ का १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखसहितको गोष्ठीमा प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल, शसस्त्र प्रहरी बलका महानिरिक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धानका महानिर्देशक गणेश अधिकारी लगायतले प्रस्तुति दिएका थिए । आज १३ वटै जिल्लागत प्रस्तुति हुनेछ । आज गृहमन्त्री थापाले सबै जिल्लाको ब्रिफिङ सुनेर निर्देशन दिनेछन् । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी लगायतका समूहका कारण सिर्जित सुरक्षा चुनौतीबारे गोष्ठीमा छलफल भइरहेको छ ।

प्रकाशित : वैशाख ४, २०७६ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?