२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

त्रिभुवन राजपथमा २ वटा गाडीमा आगजनी

प्रताप विष्ट

हेटौडा — त्रिभुवन राजपथका दुई स्थानमा अज्ञात व्यक्तिहरुले गएराति दुईवटा गाडीमा आगजनी गरेका छन् ।  मकवानपुरको भिमफेदी गाउँपालिका—९ गोलमोडमा हेटौंडाबाट पालुङतर्फ जाँदै गरेको ना ४ ख ७९६० नम्बरको मिनि ट्रकलाई बुधबार राति रोकेर पाँचजनाको समूहले पेट्रोल छर्किएर आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवापनपुरका प्रहरी फ्रवक्ता सागर बित्रम राणाले बताए । 

यसैगरी मकवानपुरको थाहा नगरपालिका—४ सिमभन्ज्याङमा पालुङबाट हेटौंडातर्फ आउँदै गरेको ना२ख ९०९४ नम्बरको कुखुरा बोक्ने बोलेरो गाडीमा पनि पेट्रोल छर्किएर आगजनी गरेका छन् ।


तीनजनाको समुहले आगजनी गरेर फरार रहेको प्रहरीले बताएको छ । आगलागीबाट दुईवटै गाडीको अग्रभाग क्षतिग्रस्त भएको छ । बिहीबारको बन्दलाई सफल बनाउन चन्द समूहका कार्यकर्ताहरुले आगजनी गरेको प्रहरीको ठम्याइ छ ।


प्रकाशित : वैशाख ५, २०७६ १२:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?