३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

पाँच नेपालीसहित १४ जनाले चढे पाल्दोर हिमाल

हरिहरसिंह राठौर

धादिङ — पाँच नेपालीसहित १४ जनाले जिल्लाको सबैभन्दा अग्लो पाल्दोर हिमाल सफल आरोहण गरेका छन् । जिल्लाको पर्यटन विकासका लागि भन्दै ७ जना कोरियन, २ जना मंगोलियन र ५ जना नेपालीले गणेश हिमाल छेउमा रहेको  पाल्दोर (पाविल) हिमाल आरोहण गरेका हुन् । उक्त हिमालको उचाई ५ हजार ९ सय ३ मिटर छ ।

पाँच नेपालीसहित १४ जनाले चढे पाल्दोर हिमाल

'धादिङ जिल्लाको पर्यटन विकासका लागि गणेश हिमाल छेउमा रहेको पाल्दोर हिमालको सफल आरोहण गरिएको हो ' नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङले भने, 'आरोहण टोलीले पाल्दोर हिमाल चुचुरोमा पर्यटन वर्ष २०२० को लोगो अंकित झन्डा फहराएका छन् ।'


आरोहण टोली चैत २४ मा काठमाडौंबाट हिँडेर धादिङको गल्छी, नुवाकोट, रसुवा स्याफ्रबेंसी, गत्लाङ, सोम्दाङ, रुबीभ्याली हुँदै ५ हजार ९ सय ३ मिटरको उचाई रहेको पाल्दोर पिक पुगी २०७६ वैशाख २ मा काठमाडौं फर्किएको हो । टोलीले संयूक्त रूपमा आरोहण गरेको यो दोस्रो पटक हो । यसअघि सन् २०१० मा पाल्दोरमै संयुक्त आरोहण गरिएको थियो ।


संयुक्त आरोहण गर्दा एक अर्काका सीप तथा कला सिक्ने अवसर पनि पाउने गुरुङको भनाइ छ । पाल्दोर हिमालमा हालसम्म ३०० भन्दा बढी आरोहीले आरोहण गरिसकेको पर्वतारोहण महासंघको तथ्याङ्कमा उल्लेख छ ।

प्रकाशित : वैशाख ५, २०७६ १९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?