अटो ट्याम्फु दुर्घटनामा १ को मृत्यु, ७ घाइते

राजकुमार कार्की

सिन्धुली — मरिण गाउँपालिका ४ सानमा बुधबार बेलुका ट्याम्फु दुर्घटना हुँदा १ को मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । मरिण गाउँपालिका ६ नयाँ बस्तीबाट सानतर्फ जाँदै गरेको ना १ ह ४६४९ नं को अटो अनियन्त्रित भई सडकबाट खस्दा सोही गाउँपालिका  ३ की ३७ वर्षीय शान्तिमाया  योन्जनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइतेको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


प्रकाशित : वैशाख ११, २०७६ २०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?