धादिङ वेल्खुमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

हरिहरसिंह राठौर

धादिङ — पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी-६, बेल्खुमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा काठमाडौं चन्द्रागिरि नगरपालिका-५ गुर्जुधारा बस्ने २९ वर्षीय राज महर्जन र वडा नं १२ का ३१ वर्षीय कविकुमार महर्जनको मृत्यु भएको गजुरीस्थित ट्राफिक प्रहरी निरीक्षक हेमराज घिमिरेले बताए । उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । 

धादिङ वेल्खुमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

मुग्लिनबाट काठमाडौंतर्फ गइरहेको बा ९७ प २५३८ नम्बरको मोटरसाइकल काठमाडौंबाट नवलपरासी जाँदै गरेको बा ४ ख ५१०३ को माइक्रो बसमा ठोक्किएर पल्टिएको थियो । उक्त मोटरसाइकलमा सवारलाई ना ६ ख ५६१४ नम्बरको लुम्बिनी ट्रक यातायातले किचेको प्रहरीले जनाएको छ ।


ट्रक चालक धादिङ थाक्रे ४ का ३५ वर्षीय राजु अर्याल र माइक्रो बस चालक नवलपरासी अरुणखोला नगरपालिका-१ बस्ने ३७ वर्षीय धनबहादुर चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : वैशाख १८, २०७६ १६:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?