१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

माइक्रोबस पसलमा छिर्‍यो

हरिहरसिंह राठौर

काठमाडौँ — धादिङको पृथ्वीराजमार्ग खण्डमा दैनिकजसो विभिन्न सडक दुर्घटना हुने गरेकोले स्थानीयहरुले राजमार्ग असुरक्षित बन्दै गएको बताएका छन् ।

माइक्रोबस पसलमा छिर्‍यो

शुक्रबार १५ जना यात्रु बोकेर काठमाडौंबाट चितवन जाँदै गरेको बा३ख १९६१ को उक्त माइक्रोबस राजमार्ग छेउको थाँक्रे २ सिम्ले बजारको एक पसल भित्र छिरेको छ । तीव्र गतिमा हुँइकिएको माइक्रोबसको चालकले बस कन्ट्रोल गर्न नसक्दा बेबीकोट फुड प्राइभेट लिमिटेडको सटर भित्र छिरेको हो ।

बन्द सटरमा कोही नभएको कारण माइक्रोबस सटर भित्र छिरे पनि कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । उक्त माइक्रोबसका चालक चितवन राप्ति नपा-१ चिप्ले निवासी २९ वर्षीय ओमबहादुर आलेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : वैशाख २०, २०७६ १८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?