१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

स्वस्थ बन्न आचरणमा सुधार आवश्यक : सांसद् गजुरेल

राजकुमार कार्की

सिन्धुली — नेकपाका सांसद हरिवोल गजुरेलले राजनीतिक नेतृत्वको आचरणमा सुधार नआएसम्म स्वास्थ्य क्षेत्रमा प्रगति गर्न नसकिने बताएका छन् । सिन्धुलीमा आइतबार मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम उद्घाटन गर्दै सांसद् गजुरेलले मानिसको व्यवहार र आचरणमा सुधार ल्याउनुपर्नेमा जोड दिए ।

स्वस्थ बन्न आचरणमा सुधार आवश्यक : सांसद् गजुरेल

उनले अरुलाई खाना खानुभन्दा अगाडि सावुन पानीले हात धुनुपर्छ भन्ने तर भेटेपछि लाजै नमानी खान थाल्ने प्रवृत्ति रहेको उल्लेख गरे । खानपानमा सुधार ल्याइ जनतालाई स्वस्थ बनाउनेतिर लाग्न उनले सुझाव दिए । उक्त कार्यक्रम कमलामाई नगरपालिकाकाको १४ वडाबाट सुरु भएको छ ।


कार्यक्रममा प्रदेश सांसद विनोदकुमार खड्काले जिल्ला अस्पताल प्रदेशअन्तर्गत रहने र स्वास्थ्य परीक्षणको कार्यक्रम ९ वटै स्थानीय तहमा लैजाने गरी आगामी वर्ष बजेट विनियोजन गरिने जनाए । स्वास्थ्य परीक्षण र स्वास्थ्य बिमालाई जोडेर लगेमात्र लक्ष्यअनुसार काम हुनसक्ने प्रजिअ ज्ञानप्रसाद ढकालले बताए ।


यस आर्थिक वर्षमा दुई हजार मानिसको स्वास्थ्य परीक्षण गरिने जिल्ला अस्पतालकी मेडिकल सुपरिटेण्डेन डा. सुमित्रा गौतमले जानकरी दिइन् । विपन्न, लापोन्मुख, अल्पसंख्यक, दलित, शहीद तथा वेपत्ता परिवार र सशस्त्र द्वन्द्वका घाइते र महिला स्वास्थ्य स्वयंसेविकालाई यस वर्षको परीक्षणमा पहिलो प्राथमिकतामा राखिएको उनले बताइन् ।


डा. गौतमका अनुसार सिन्धुलीमा परीक्षणमा आउने बिरामीमध्ये ८२ प्रतिशत र भर्ना भएकाहरुमध्ये ८९ प्रतिशत नसर्ने रोग भएको तथ्यांक भेटिएको छ । सिन्धुली, भक्तपुर, सिन्धुपाल्चोक, धादिङ र मकवानपुरमा मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम लागू भएको छ । यस आवमा कार्यक्रमका लागि ५० लाख रुपैयाँ बजेट आएको जिल्ला अस्पताल विकास समिति अध्यक्ष प्रल्हादकुमार पोखरेलले जानकारी दिए ।

प्रकाशित : वैशाख २२, २०७६ १३:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?