खैरो हिरोइन र ४७ किलाे चरेस सहित १ जना पक्राउ

हरिहरसिंह राठौर

धादिङ — लागूऔषध नियन्त्रण ब्युरोले स्थानीय प्रहरीको सहयोगमा ९ सय ७८ ग्राम खैरो हिरोइन र ४७ किजी चरेस सहित १ जनालाई पक्राउ गरेको छ । प्रहरीले गजुरी-१, को सोतीखोला कच्ची सडकबाट राजमार्गमा झर्दै गरेको कारसहित उक्त परिणामको लागू औषध बरामद गरेको हो । 

खैरो हिरोइन र ४७ किलाे चरेस सहित १ जना पक्राउ

गजुरी प्रहरीका अनुसार डिएल ३ सिएडी ७०८१ नम्बरको मारुती सुजुकी कारबाट पछिल्लो सिटमुनी फल्स बटम बनाई लुकाईछिपाई लैजाँदै गरेको अवस्थामा पक्राउ गरिएको हो । लागू औषध ओसारपसारमा संलग्न कैलाली उपमहानगरपालिका-४ बेहडी निवासी ४६ वर्षीय काल्चे बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको छ।


प्रकाशित : वैशाख २३, २०७६ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?