कांग्रेसले अवरोध गरेपछि प्रदेश ३ को बैठक अधिवेशन स्थगित

सुवास बिडारी

काठमाडौँ — प्रदेश ३ को बजेट अधिवेशन सोमबार सुरु भएसँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि मंगलबार बस्ने गरी स्थगित भएको छ । बजेट अधिवेशनको पहिलो दिनमै प्रदेशको स्थायी राजधानी र नामकरणले प्रवेश नपाए कांग्रेसले अवरोध गर्ने बताएको थियो ।

कांग्रेसले अवरोध गरेपछि प्रदेश ३ को बैठक अधिवेशन स्थगित

कांग्रेसले पहिला राजधानी र नामकरणको विषय टुंगाएपछि मात्रै बजेटको विषयमा छलफल गर्न दिने बताएको छ । 'प्रदेशसभाको बैठक जहाँबाट स्थगित भएको हो, त्यहींबाट सुरु हुनुपर्छ भनेर हामीले सभामुखलाई भनेका छौं,' कांग्रेसका संसादले भने ।


प्रदेश सरकारले हिउँदे अधिवेशन अन्त्य भएको घोषणा गरेको २० दिनपछि प्रदेशसभाको बैठक बस्न लागेको हो । वैशाख ५ गतेदेखि स्थगित रहेको प्रदेशसभाको हिउँदे अधिवेशन वैशाख १० गते प्रदेश सरकारले अन्त्य भएको घोषणा गरेको थियो।


प्रदेश सरकारको चौथो अधिवेशन बजेट अधिवेशन भए पनि मुख्य एजेन्डाको रूपमा प्रदेशको स्थायी राजधानी र नामकरण विषय रहेको छ । हिउँदे अधिवेशनमा सभामुख सानुकुमार श्रेष्ठले कार्यविधि तयार गरी राजधानी टुंगो लगाउने विषयलाई औपचारिक रूपमा सदनमा प्रवेश गराएका थिए ।

प्रकाशित : वैशाख ३०, २०७६ १४:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?