कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

नेपालीको सीप जापानी बजारमा

राजकुमार कार्की

दुधौली, सिन्धुली — सिन्धुलीको दुधौली नगरपालिका ८ का महिलाले बनाएको हस्तकला सामग्री विदेश निर्यात हुने गरेको छ । महिला निर्मित यी सामान जापानी बजारसम्म पुग्ने गरेको हो ।

हातमा सियो र धागो लिई निरन्तर खटिएका उनीहरूले बनाएको हस्तकलाका सामग्रीहरू कुसन, ब्याग, बेडकभर, लन्चम्याट, योगा म्याट, चकटी म्याट्रेसलगायत जापानबाटै व्यवसायी आएर खरिद गरेर लैजान्छन् । ७ जना महिलाहरूले हस्तकला सामग्री निर्माणको काम गरेका छन् । फरक क्षमता भएकाले निर्माण गरेको हस्तकलाको सामग्री जापानमा पनि सजिलै बिक्री हुने गरेको उनीहरूको भनाइ छ ।


फरक क्षमता भएकी जानुका कार्की हस्तकला सामग्री निर्माणमा अब्बल दरिन्छिन् । उनले बनाएका सामान खरिदकर्ताले तेब्बर मूल्यमा बिक्री गर्ने गरेका छन् । जानुकाको दाहिने गोडा चल्दैन । सानैदेखि गोडा नचल्ने भएकाले के भएर हो भन्ने उनलाई हेक्का छ्रैन । पाँच वर्षदेखि हस्तकला सामग्री तयार गर्ने काममा लागेकी उनलाई यतिखेर भने सजिलो भएको छ ।


तीनपांग्रे स्कुटरमा काममा आउने र फर्कने गरेकी उनलाई यसअघि परिवारका सदस्यले ल्याउने लाने गर्दथे । हस्तकलाको काम सिकेर रोजगारी पाएकोमा उनी दंग छिन् । भन्छिन्, ‘मेरा लागि हस्तकलाको काम वरदान भयो, रोजगारी पनि पाएँ, काम पनि सिकेँ ।’


उसो त उनलाई सवारीसाधन किन्नसमेत हस्तकला सामग्री खरिद गर्ने व्यापारीले नै सघाएका छन् । एक लाख ५० हजारमा खरिद गरेकोमा एक लाख मात्र कमाएर तिर्नु भनेका छन्,’ उनले थपिन्, ‘म जापानको टिफा संस्थाका नाकाजोनोले दुधौलीमै पुगेर हस्तकलाका सामग्री खरिद गरेर लैजान्छन् । वर्षमा कहिले दुईपटक त कहिले एकपटक आएर सामान लैजाने गरेका छन् । मासिक हस्तकलामा सामग्री निर्माण गर्नेले १५ हजारसम्म कमाँउछन् ।’


रोचक कुरा त के छ भने, उनीहरूले बनाएका हस्तकलाका सामग्री जापानमा जत्तिमा बिक्छ त्यो रकम बोनस आउने गरेको छ । हस्तकला सामग्री निर्माणकी अगुवा आशा अधिकारी दनुवारका अनुसार यहाँ तीन सय मूल्यमा बनाएको सानो कुशन जापानमा तीन हजारसम्ममा बिक्री भएर बोनस आएको छ ।


हस्तकलाको सामग्रीमा नाम नै लेखिने हुनाले कसको सामानले कति मूल्य पायो भन्ने थाहा हुने गरेको छ । गुणस्तर हेरेर सामान बिक्री भएपछि बोनस आउने हुनाले राम्रो काम गर्नमा प्रतिस्पर्धा नै हुने गरेको आशाले जनाइन् । स्क्वायर फिटका हिसाबले काम गर्ने उनीहरूले बोनससहित महिनाको २५ देखि ३० हजारसम्म आम्दानी गरेका छन् ।


वार्षिक १० लाखभन्दा बढीको हस्तकलाका सामान जापान निर्यात हुने गरेको सामग्री जुटाइदिने ह्यान्डसका वासुदेव अधिकारीले बताए । स्थानीय र केही परका बजारबाट कपडा तथा अन्य कच्चा सामग्री खरिद गरेर ल्याउने गरिएको छ ।


प्रकाशित : जेष्ठ १, २०७६ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?