१३ वर्षीया बालिका बलात्कृत

दोलखा — छिमेकीको घरमा भइरहेको पूजामा हिँडेकी १३ वर्षीया बालिका बलात्कृत भएकी छिन् । बलात्कार आरोपमा भीमेश्वर नगरपालिका-४३ वर्षीय रामबहादुर तामाङ पक्राउ परेका छन् । बालिकालाई पूजा घर जान नदिइ जबरजस्ती करणी गरेको आरोप उनीमाथि लगाइएको छ । 

रामबहादुरलाई मुलुकी अपराध संहिता ऐन दफा २१९को उपदफा ३ अनुसार मुद्दा चलाइएको प्रहरी नायव उपरीक्षक बासुदेव पाठकले जानकारी दिए ।


तामाङले बालिकालाई ललाइफकाइ आफ्नो घरमा लगेर बलात्कार गरेको जाहेरी किटानी गरिएको छ । मुलुकी अपराध संहिताले बालिका जबरजस्ती करणी गर्नेलाई १४ देखि १६ वर्षसम्म हुनसक्ने व्यवस्था छ ।

प्रकाशित : जेष्ठ १, २०७६ १३:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?