२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

राष्ट्रपति रनिङ शिल्ड जेठ अन्तिम साता

हेटौडा — मकवानपुरमा नवौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता जेठको अन्तिम सातामा हुने भएको छ । जिल्ला समन्वय समिति मकवानपुरमा बिहीबार बसेको बैठकले रनिङशिल्ड प्रतियोगिता जेठ ३० गतेबाट सञ्चालन गर्ने निर्णय गरेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिनाले बताए ।

प्रतियोगिता निर्देशक समितिको बैठकले स्थानीय तह स्तरीय छनौट जेठको २५ भित्र सक्न अनुरोध गरेको छ ।

प्रतियोगितामा एथलेटिक्स, भलिवल, कब्वडी, सितेरियो कराँते, तेक्वान्दो र उसुका खेलहरु सञ्चालन गरिने समितिका प्रमुख राजन दाहाल खुशराजले जानकारी दिए । अघिल्ला वर्षमा हुने निर्वाचन क्षेत्र स्तरीय छनौटलाई यस पटकदेखि स्थानीय तहबाट छनौट गरिने निर्देशिकाले व्यवस्था गरेको छ ।

मकवानपुरका बकैया गाउँपालिकाले छनौट गरिसकेका छन् भने बागमती र गढी गाउँपालिकाले निर्णय गरिसकेको जानकारी आएको प्रमुख दाहालले बताए ।

स्थानीय तहबाट छनौट भएका खेलाडी जिल्ला हुँदै प्रदेश र राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउने व्यवस्था गरिएको छ । मकवानपुरमा एक उपमहानगरपालिका, एक नगरपालिका र ८ गाउँपालिका रहेका छन् ।

प्रकाशित : जेष्ठ २, २०७६ १६:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?