१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

राजकुमार कार्की

सिन्धुली — बीपी राजमार्ग अन्तर्गत कमलामाइ नगरपालिका-८ को सिस्नेरी नजिक भएको मोटरसाइकल दुर्घटनामा एकको मृत्यु भएको छ । 

भिमानबाट सदरमुकाम सिन्धुलमिाढीतर्फ आउँदै गरेको ज ६ प ७४६१ नम्बरको मोटरसाइकल दुर्घटनामा परि घाइते भएका कमलामाइ नगरपालिका-१० दोभानका २७ वर्षीय युवराज चौलागाईको उपचारका लागि धनुषाको लालगढ लाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।


सडकमा हिँडेका चौपायालाई जोगाउने क्रममा मोटरसाइकल दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रकाशित : जेष्ठ ३, २०७६ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?