कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुई बस ठोक्किँदा एकको मृत्यु, ३० घाइते

प्रताप विष्ट

हेटाैंडा — हेटौंडा नगरपालिकाको ३ लेवटमा दुईवटा बस आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । ३० जना घाइते छन् ।

दुई बस ठोक्किँदा एकको मृत्यु, ३० घाइते

काठमाडौंबाट जनकपुर जाँदै गरेको ना ७ ख ९३६ नम्बरको बस र पशुपतिनगरबाट काठमाडौं जाँदै गरेको ना ७ ख २०५७ नम्बरको बस आपसमा ठोकिएका हुन ।

ठक्करबाट घाइते भएका ना ७ ख २०५७ नम्बर बसका चालक मानबहादुर मगरको उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा दुवै बसका यात्रु घाइते भएका हुन । घाइते मध्ये तीनजना चितवन रिफर गरिएको छ । २७ जनाको चुरेहिल अस्पताल र हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित : जेष्ठ ४, २०७६ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?