कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

खाल्डोमा परेर विद्यार्थीको मृत्यु

धादिङ — मलेखु खोलामा ग्राभेल निकाल्दा बनेको खाल्डोमा परेर एक विद्यार्थीको मृत्यु भएको छ । मलेखुखोलास्थित हुआसिन सिमेन्ट उद्योग जाने बाटो निर्माण क्रममा बनेको खाल्डोमा डुबेर मृत्यु भएका बालकको शव परिवारले आइतबार बुझेका छन् । 

मृतकका परिवारलाई बेनिघाट रोराङ गाउँपालिकाले १० लाख क्षतिपूर्ति दिने र निर्माणाधीन सिमेन्ट उद्योगमा मृतकका परिवारलाई रोजगारी दिलाउने सहमतिपछि आफन्तले शव बुझेका हुन् । उनी स्थानीय जनजागृति आधारभूत विद्यालयमा कक्षा २ मा पढ्थे ।


बेनिघाट रोराङ २ स्थित ताल्तीमा निर्माण हुँदै गरेको हुवासिन नारायणी सिमेन्ट उद्योगमा जाने बाटो निर्माण क्रममा मलेखु खोलाबाट ग्राभेल निकाल्दा ठूलो खाल्डो बनेको थियो । खाल्डोमा शनिबार पौडी खेल्न गएका तीनमध्ये गजुरी २ घर भएका ८ वषर्ीय केदार

गिरीको मृत्यु भएको हो ।


खोला कटान गरी सडक निर्माण गरेको आरोप लागिरहेको बेला बालकको मृत्युले स्थानीय तथा परिवारका सदस्य आक्रोशित बनेका छन् । आक्रोशित उनीहरूले मृतकको परिवारलाई उचित क्षतिपूर्ति र सिमेन्ट उद्योगमाथि कारबाहीको माग गरेका थिए ।


पीडित पक्ष, स्थानीय, उद्योगका प्रतिनिधि, गाउँपालिका प्रतिनिधिबीचको छलफलपछि पीडित परिवारलाई राहत उपलब्ध गराउने सहमति भएको हो ।

प्रकाशित : जेष्ठ ६, २०७६ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?