१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

धादिङ बन्द गराउन खोज्ने एक युवक पक्राउ

हरिहरसिंह राठौर

धादिङ — नेत्रविक्रम चन्द समूहले सोमबार आयोजना गरेको धादिङ बन्दका क्रममा पृथ्वीराजमार्ग अवरुद्ध गराउन खोज्ने स्थानीय युवालाई प्रहरीले पक्राउ गरेको छ ।

बेनिघाट रोराङको जोगिमारास्थित राजमार्गमा बन्द सफल गराउन थप हुल भेला गर्दै गरेको थाहा पाए पछि प्रहरीले गम्बे उपनामका धन बहादुर श्रेष्ठलाई मोटरसाइकलसहित पक्राउ गरेको हो ।


बेनिघाट ३ बस्ने गम्बेलाई बा ९६ प ५९१७ नम्बरको मोटरसाइकलसहित पक्राउ गरिएको हो । चन्द समूहले सोमबार प्रधानमन्त्री केपी ओलीको गल्छी मासटारमा अप्टिकल फाइबर सूचना मार्ग शिलन्यास कार्यक्रम बिथोल्न धादिङ बन्दको आयोजना गरेकाे थियाे ।

धादिङमा बन्दको प्रभाव न्यून छ । प्रहरीले स्कर्टिङ गरेर राजमार्ग सुचारु गरेको छ ।

प्रकाशित : जेष्ठ ६, २०७६ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?