कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

कालिञ्चोक केबलकार : वन क्षेत्र अतिक्रमण

राजेन्द्र मानन्धर

दोलखा — कालिञ्चोक केबलकारले वन क्षेक्र अतित्रमण गरेको भन्दै स्थानीय आन्दोलित भएका छन् । उनीहरूले कालिञ्चोकमा अतिक्रमण भएको भन्दै केबलकार शनिबार बन्दसमेत गरेका थिए । 

धार्मिक तथा प्राकृतिक स्थल कालिञ्चोक क्षेक्रमा केबलकारले काँडेतार लगाएर जग्गाहरू कब्जा गर्दै गएको र रेस्टुरेन्ट सञ्चालनमा ल्याएको स्थानीयको आत्रोश छ ।


जिल्ला समन्वय समिति, कालिञ्चोक गाउँपालिका र प्रशासनको प्रयासमा आइतबारबाट

भने केबलकार सञ्चालनमा ल्याइएको छ ।


केवलकारले लगाएको काँडेतारका पोलहरू उखेलिएको छ । केबलकार चढेर गएपछि मन्दिरनजिकै राखिएको रेस्टुरेन्ट तोडफोड भएको छ । स्थानीय होटल व्यवसाय सञ्चालन गर्नेहरूले गरिएको ऊक्त आत्रमणबाट केबलकारलाई ठूलो क्षति पुगेको कालिञ्चोक दर्शन प्रालिका अध्यक्ष बालकृष्ण शिवाकोटीले बताए । ‘अरूहरूले गरेजस्तै गरी केबलकारले व्यापार गर्न पनि असुरक्षित भयो,’ उनले भने ।


केबलकार र विभिन्न व्यक्तिले कालिञ्चोकमा संरचनाहरू बनाउने क्रम पछिल्ला समयमा बढेको छ । १५ वर्षअघिसम्म एक दर्जन छाप्रा र केही चौंरीगोठ भएको उक्त क्षेत्रमा अहिले सानाठूला सय बढी घर र टहराहरूले भरिएका छन् ।


जथाभावी बनाइएका संरचनाले कालिञ्चोकको कुरूप बन्दै गएको छ । पर्यावरणीय समस्या थपिँदो छ । डोजर चलाइँदा घाँसेमैदानहरू छियाछिया भएका छन् ।


सदरमुकाम चरिकोटबाट १७ किलोमिटर दूरीमा रहेको तीन हजार आठ सय ४२ मिटर अग्लो कालिञ्चोक क्षेत्र धर्म र प्राकृतिक दृष्टिले महत्त्व ठानिन्छ । धर्मकर्म गर्ने र प्राकृतिक सुन्दरतामा रमाउन वार्षिक लाखौं मानिस उक्त क्षेत्र पुग्छन् ।


जाडो मौसममा हिमपात हुने, मौसमअनुसार गुराँसलगायत विभिन्न जातका फूलहरू फुल्ने उक्त क्षेत्रको विशेषता हो । सूर्योदय र सूर्यास्तको मज्जा लिन सक्ने उक्त क्षेत्रबाट रोल्वालिङ र लाङटाङ हिमशृंखला देखिनाले पनि मानिस त्यहाँ पुग्छन् ।


हिन्दु र बौद्धमार्गीहरूको साझा थलो कालिञ्चोक मन्दिर क्षेत्र पुग्नका लागि बनाइएको एक किलोमिटर दूरीको केलबकार निर्माणपछि उक्त क्षेत्रमा मानिसको भीड लाग्ने गरेको छ । वनको जग्गा गुठी संस्थानले लिएपछि उक्त केबलकारलाई २.४ हेक्टर अर्थात् ५० रोपनीभन्दा बढी जग्गा भाडामा दिएको छ ।


अन्य ४० वटा व्यवसाय सञ्चालनका लागि गुठीले मासिक स्क्वायर फुटका आधारमा भाडा लिने गरी लिजमा दिएको छ । त्योबाहेक थप ५० वटाभन्दा बढी व्यवसाय अनधिकृत रूपमा सञ्चालनमा छ ।


पछिल्लो समयमा केबलकारले लिएको जग्गामध्ये २५ रोपनी जति क्षेत्रभित्र सुरक्षाका निम्ति कम्पाउन्ड लगाउन थालिएको केबलकारको दाबी छ । कालिञ्चोक क्षेक्र अतित्रमणको मारमा पर्दै गएपछि स्थानीय प्रशासनले यसअघि नै थप संरचना बनाउन नपाउने सूचना जारी गरेको थियो ।

प्रकाशित : जेष्ठ ७, २०७६ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?