कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

बालिका बलात्कार गर्नेलाई साढे ९ वर्ष कैद

प्रताप विष्ट

हेटौडा — बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले साढे ९ वर्ष कैद गर्ने फैसला गरेको छ । दोषीबाट पीडितलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने आदेश पनि भएको छ ।

बालिका बलात्कार गर्नेलाई साढे ९ वर्ष कैद

जिल्ला न्यायाधीश खडानन्द तिवारीको मङ्गलवार बसेको इजलासले गोर्खा घर भई हेटौडा उपमहानगरपालिका-२ बस्ने १८ वर्षीय प्रविण थापा मगरलाई १२ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै उक्त फैसला गरेको हो ।


प्रविणले २०७५ भदौ ११ गते बालिकालाई बलात्कार गरेका थिए । २०७५ वैशाख २४ गते अदालतले कसुर कायम गर्ने फैसला गरेको थियो । मङ्गलवार बसेको इजलासले सजाय निर्धारण गरेको हो ।


यसै गरी जिल्ला अदालत मकवानपुरले बहुविवाह बदर गर्दै पुरुषलाई एक वर्ष कैद फैसला गरेको छ । जिल्ला न्यायाधीश स्वीकृति पराजुलीको मङ्गलवार बसेको इजलासले हेटौडा उपमहानगरपालिका-१३ का २९ वर्षीय दिनेश गोलेलाई बहुविवाह गरेको ठहर गर्दै एक वर्ष कैद गर्ने फैसला गरेको हो ।


उनीसँग दोस्रो विवाह गर्ने महिलाले भने कसुर कायम गर्ने इजलासबाटै सफाइ पाएकी थिइन् । भदौ १ गते लागू भएको फौजदारी अपराध र देवानी संहिता ऐनमा कार्यान्वयनमा आएपछि कैद तोकिएको र बहुविवाह बदर गरेर सजाय ठहर गरेको यो पहिलो हो ।

प्रकाशित : जेष्ठ ७, २०७६ १७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?