कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

परिणाममुखी काम गर्न सकेनौं : नगर प्रमुख

टीकाप्रसाद भट्ट

रामेछाप — कतिपय स्थानीय सरकारका प्रमुखले पहिलो नभएका काम गर्‍यौं भन्ने फेहरिस्त सुनाइरहेका बेला रामेछापको मन्थली नगरपालिकाका प्रमुखले काम गर्न नसकेको स्वीकार गरेका छन् । ‘हामीले निर्वाचित भएको २ वर्षभित्र परिणाममुखी काम गर्न सकेनौं,’ नगर प्रमुख रमेशकुमार बस्नेतले भने ‘खुल्ला रूपमा भन्नुपर्छ, हामीले थुप्रै काम गर्‍यौं तर देखिने काम गर्न सकेनौं ।’

उनले बितेका २ वर्ष अनुभव, कानुन र कर्मचारी अभावलगायतको कारण परिणाम देखिने काम नभएको बताए । ‘धेरै सुधारका काम भए, तर नागरिकले के गरिस् त भनेर सोध्दा केही देखाउने काम गर्न सकेनौं,’ बस्नेतले भने ।


नगरको काम हुन नसक्नुमा विधि र विधान बमोजिम चल्न सकक्नुलाई उनले लिएका छन् । ‘शासन विधि र विधान बमोजिम हुनुपर्छ ’ वस्नेत भन्छन ‘तर मन्थली नगरपालिकामा विधि र विधान मिच्न खोज्ने काम हुन्छ । नगरप्रमुख भएदेखि आजसम्म मैले यसैको लागि संषर्ष गर्नुपरेको छ ।’


निर्वाचित भएको २ वर्ष पुगेको अवसरमा सोमबार नगरपालिकामा आयोजित पत्रकार भेटघाटमा बस्नेतले भने ‘विधि एकातिर, बलमिच्याइ अर्कोतिर भएकाले काम गर्न असाध्यै गाह्रो र पीडा खेप्नुपरेको छ ।’ सबै आलोचना खेपेर पनि विधिमा नगरलाई हिँडाउनका लागि प्रयासरत रहेको उनले बताए ।


जिल्ला सदरमुकामको नगरपालिका भएकाले देशका अन्य भागबाट आउने जनप्रतिनिधिको अघि लज्जाबोध हुनुपरेको बस्नेतले अनुभव सुनाए । ‘नगर धुलाम्मे छ, अन्तबाट आएका साथीले भेटा तिम्रो नगरपालिकामा त कति धूलो रहेछ है, भन्दा मैले लज्जाबोध गर्नुपरेको छ,’ बस्नेतले भने । उनले सडक चौडा पार्ने काम र खोलाको उचित व्यवस्थापन हुन नसक्दा नगर धुलाम्मे हुन पुगेको र केही समयपछि त्यसलाई व्यवस्थापन गर्ने योजना सुनाए ।


नगरपालिकाले आवधिक योजना निर्माण नगरेकोले ठूला योजनामा रकम विनियोजन गर्न कठिनाइ भएको छ । नगरपालिकाको भावी योजना सुनाउँदै उनले ‘हामी नगरका केही ठूला र प्रभाव पार्ने खालका योजनामा लगानी केन्द्रित गर्ने गरी काम अघि बढाउँदै छौं,’ उनले भने । उनले रणनीतिक योजना निर्माणको चरणमा रहेको बताए ।


साना सिँचाइ, खानेपानी, वातावरणको संरक्षण, पशुपालन, पर्यटनको विकास, धूलो नियन्त्रण, पार्क निर्माण, खेलकुद मैदान र कवर्डहलको निर्माण, चिस्यान केन्द्रको निर्माणजस्ता कार्यक्रम अघि सारिएको बताए । उनले नगरपालिकाको बाहिरी चक्रपथको कालोपत्रे हुन थालेको जनाए । मन्थली नगरपालिकाको चालु आर्थिक वर्षमा करिब ८७ करोड बराबरको बजेट परिचालन हुने लक्ष्य छ ।

प्रकाशित : जेष्ठ ८, २०७६ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?