२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

बन्छेटार बस दुर्घटना : अझै तीन बेपत्ता 

धादिङ — धादिङको गजुरी ६ बन्छेटारबाट त्रिशूली नदीमा बस खस्दा हराइरहेका एक जनाको शव फेला परेको छ । घटनास्थलबाट मंगलबार दिउँसो शव फेला पारेको प्रहरीले जनाएको छ ।

बन्छेटार बस दुर्घटना : अझै तीन बेपत्ता 

त्रिशूली किनारामा हिलोमा दबिएको अवस्थामा झापा घर भएका कृष्णप्रसाद निरौलाको शव फेला परेको ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख हेमराज घिमिरेले बताए । दुर्घटनामा अझै तीन जना हराइरहेका छन् । हराइकोमा दुई बालक र एक पुरुष छन् ।

हराइरहेकाहरूको कुरिनटारको गोताखोरको टोलीले खोजी कार्य गरिरहेका छन् । आइतबार झापाको काँकडभिट्टाबाट काठमाडौंका लागि छुटेको ना ७ ख ४३८७ नम्बरको यात्रुबाहक सडकबाट ६० मिटर तल त्रिशूली नदीमा खसेको थियो । उक्त दुर्घटनामा ९ जनाको मृत्यु भएको थियो ।

दुर्घटनामा मृत्यु भएका तीन जनाको अझै सनाखत हुन सकेको छैन । बालुवा पखाल्ने उद्योगले त्रिशूली धमिलो बनाएका कारण खोजतलासमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : जेष्ठ ८, २०७६ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?