१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

गजुरी बन्छेटारको दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो, हराएका तीन फेला परेनन्

धादिङ — पृथ्वी राजमार्गको गजुरी बन्छेटारमा चार दिनअघि दुर्घटनामा परेका दुई भारतीय बालकसहित तीन जना अझै बेपत्ता छन् । बस दुर्घटनामा बेपत्ता भएका ५ मध्ये झापाका कृष्णप्रसाद निरौला र लोकबहादुर भण्डारीको शव बुधबार साँझ त्रिशूली किनारमा फेला परेको छ । यी दुईसहित मृत्यु भएकाको संख्या १२ पुगेको छ । 

गजुरी बन्छेटारको दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो, हराएका तीन फेला परेनन्

दुर्घटनापछि भारत मेघालयका दिदी/भाइ क्रमश : १३ वर्षीय रिया मार्विन र ११ वर्षीय रिशान बेपत्ता छन् । यी दुईसँगै यात्रामा रहेकी आमा शकुन्तला गुरुङले आफ्नो सन्तान बेपत्ता भएको बताएकी हुन् । दुर्घटनामा घाइते उनी राजधानीस्थित ट्रमा सेन्टरमा उपचार गराइरहेकी छन् । सिद्धलेक ४ सलाङघाटका २३ वर्षीय उज्ज्वल पाण्डे पनि बेपत्ता छन् । उनलाई एकाबिहानै काठमाडौं पठाउन दाजु उद्धवले मोटरसाइकलमा राखेर राजमार्गसम्म ल्याई सोही बसमा चढाएर घर फर्केका थिए ।


जिल्ला प्रहरीले बेपत्ता ३ जनाको तस्बिर र हुलिया सार्वजनिक गर्दै खोजतलासमा सहयोग गर्न त्रिशूली किनारका बासिन्दा र मजदुरलाई आग्रह गरेको छ । बेपत्ता भारतीय बालबालिकाको खोजी गर्ने क्रममा भारतबाट आफन्तजनसमेत घटनास्थल पुगेका छन् । नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका गोताखोरहरूले दैनिक त्रिशूली किनारमा खोजी कार्य जारी राखेको गजुरीस्थित प्रहरी निरीक्षक नवराज ढुंगेलले बताए ।

प्रकाशित : जेष्ठ ९, २०७६ १९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?