नुवाकोटको एक स्थान बिस्फोट, एक डिस्पोज
नुवाकोट — विदुरनगरपालिका वडा ५ कार्यालय माझिटार नजिक सुतली बम विस्फोट भएको छ । कार्यालयबाट बिजुलीको तार जोडी १५ मिटर सडकको नालीमा सुतली बम बिस्फोट गराइएको जिल्ला प्रहरी प्रमुख एसपी कृष्णबहादुर पल्लीमगरले बताए ।
पासाङ ल्हामु मार्गको माझिटार उक्त बिस्फोटन पछि सडकको नालीको पर्खालमा क्षति पुगेको प्रहरीले जनाएको छ । यसैगरी बेलकोटगढी नगरपालिका वडा नम्बर ५ कोल्पुखोला पुल नजिक पनि अज्ञात व्यक्तिहरुले बियरको बोत्तलमा सेतो कपडाले बेरिएको अवस्थामा पेट्रोल बम राखेको थियो ।
नेपाली सेनाको जबरजंगगणबाट खटिएको बम डिस्पोजल टोलीले ऊक्त बम निष्त्रिय पारेको पारेको थियो । विष्फोटमा कुनै मानवीय क्षति नभएको र बम राख्ने व्यक्तिहरुको खोजी भैरहेको प्रहरीले जनाएको छ ।
बम बिष्फोटपछि पासाङ ल्हामुमार्गमा हुँदै नुवाकोट रसुवा संचालित लामो र छोटो दुरीका यातायात संचालनमा आएनन् । विद्यालय, कलकारखाना बन्द रहे भने सरकारी सेवा लिने सेवाग्राही समेत घटेका छन् ।