१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

मुख्यमन्त्री पौडेल अस्पताल भर्ना

रासस

हेटौँडा — प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल एक साताका लागि अस्पताल भर्ना भएका छन् । नियमित स्वास्थ्य परीक्षणका लागि गएका पौडेललाई अस्पतालले एक साताका लागि भर्ना गरेको हो । 

मुख्यमन्त्री पौडेल अस्पताल भर्ना

मुख्यमन्त्री पौडेल मुटुको नियमित परीक्षणका लागि काठमाडौँको सहित गंगालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा आइतबारबाट भर्ना भएका हुन । त्रिहत्तर वर्षीय पौडेल प्रदेशसभा सदस्यमध्ये ज्येष्ठ हुन । उनकाे यसअघि हेटौँडाको सामुदायिक आँखा अस्पतालमा आँखाको मोतियाविन्दुको शल्यक्रिया गरिएको थियो ।


पौडेलको गंगालाल हृदयरोग निवारण केन्द्रका विशेषज्ञ चिकित्सकको टोलीले स्वास्थ्य जाँच गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । अस्पतालका चिकित्सकका अनुसार मुख्यमन्त्रीले एक साता आराम गर्नुपर्ने छ । अस्पताल भर्ना भएसँगै मुख्यमन्त्रीको सार्वजनिक कार्यक्रम स्थगन गरिएको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए ।

उनी अस्पताल भर्ना भएपछि यही जेठ २४ र २५ गते हेटौँडामा हुने प्रदेश समन्वय परिषद्को बैठकसमेत प्रभावित हुने भएको छ ।

प्रकाशित : जेष्ठ २०, २०७६ ११:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?