कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

गुफालाई २ करोडको योजना

सुवास बिडारी

मकवानपुर — मकवानपुरमा पर्यटकीय गन्तव्यको विकासमा सक्रिय रहेको गढी गाउँपालिका गुफा संरक्षणमा जुटेको छ । पर्यटकीय क्षेत्रको पहिचान गरी प्रवर्द्धनमा जुटेको प्रदेश र स्थानीय सरकारले मकवानपुरगढीमा रहेको एक गुफाको संरक्षणका लागि दुई करोड रुपैयाँ छुट्याएपछि गाउँपालिकाले काम सुरु गरेको हो ।

मकवानपुरगढी गाउँपालिका र प्रदेश ३ सरकारको एक/एक करोड रुपैयाँको लगानीमा मकवानपुरगढी–८ मा रहेको ऋषेश्वर गुफाको संरक्षण सुरु गरेको हो । गाउँपालिकाको बुढीचौरमा शिवको मूर्ति आकारको चट्टानहरू भएको र त्यसलाई ऋषेश्वर महादेव मानी पूजाआजा गर्ने प्रचलन रहेकोले त्यसको संरक्षण गरी पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न लागिएको गाउँपालिकाका प्रशासकीय अधिकृत भीम परियारले जानकारी दिए ।


बुढीचौरमा आगामी आर्थिक वर्षसम्ममा गुफा संरक्षित गर्दै अन्य पर्यटकीय स्थल निर्माण गरिने गाउँपालिकाको योजना रहेको बताए । बुढीचौरलाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्न गतवर्ष नै डीपीआर तयार पारे पनि बजेटको अभावमा गाउँपालिकाले निर्माण कार्य अघि बढाउन नसकेको अवस्थामा आगामी आर्थिक वर्षभित्र डीपीआरअनुसार संरचना निर्माण हुने परियारले बताए ।


गाउँपालिकाले ऋषेश्वर गुफाको सबैभन्दा माथिल्लो भागमा बुद्वको मूर्ति कुँदने योजनालाई डीपीआरमा समावेश गरिएको छ । त्यस्तै करिब ४५ मिटर उचाइको कहिले पनि नसुक्ने झरनालाई पनि संरक्षण गरी आकर्षक पर्यटकीय स्थलको रूपमा विकास गर्ने गाउँपालिकाको योजना रहेको छ ।


सो झरना हेर्न जानका लागि पुलसमेत निर्माण गरिने डीपीआरमा उल्लेख भएको प्रमुख प्रशासकीय अधिकृत परियारले बताए गुफाबाट फास्ट ट्र्याकसम्म जोड्ने सडक निर्माण गरी पर्यटकीय आवागमनलाई सहज बनाउने गरी योजना बनाइरहेको पनि गाउँपालिकाले जनाएको छ । उक्त गाउँपालिका ऐतिहासिक मकवानपुर गढी पनि रहेको छ ।


हाल दैनिक सयौंको हाराहारीमा गढी दरबार क्षेत्रको अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक त्यहाँ पुग्ने गरेको स्थानीयले बताए । हेटौंडा–काठमाडौं जोड्ने कान्लिोक पथ पूर्णरूपमा सञ्चालन भएसँगै गढी दरबारमा पर्यटकको आगमन बढ्ने अनुमान गाउँपालिकाले

गरेको छ ।

प्रकाशित : जेष्ठ २६, २०७६ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?