कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

सडक खन्ने क्रममा पहिरोले २ जना पुरिए

प्रताप विष्ट

(हेटौंडा) — मकवानपुरको दुर्गम राक्सिराङ गाउँपालिका—८ ठुलो टोडकेमा डोजरले सडक खन्ने क्रममा माथिबाट पहिरो झरेर दुईजना पुरिएका छन् । डोजरको आधी भाग पनि पुरिएको छ ।

सडक खन्ने क्रममा पहिरोले २ जना पुरिए

सिलाधुनीबाट ठुलो टोडके पुग्ने कृषि सडक खन्ने क्रममा माथिबाट पहिरो झरेर डोजरको सहायक चालकद्वय २३ वर्षीय सन्दिप श्रेष्ठ र १७ वर्षीय रोशन वुढाथोकी पुरिएका छन् । डोजरको ब्रेक्ररको भाग पुरिएको छ, तर चालक भने सुरक्षि रहेका छन् ।


‘ब्रेक्ररले थाहा पहरा फोड्ने क्रममा एक्कासी माथिबाट ठुलो पहिरो खसेको हो,’ स्थानीय हस्तबहादुर मोक्तानले भने, ‘ब्रेक्रर नजिकै रहेका श्रेष्ठ र बुढाथोकीलाई माथिबाट आएको पहिरोले पुर्‍यो ।’ अहिलेसम्म उनीहरुलाई पहिरोबाट उद्धार गर्न सकिएको छैन । गाउँलेहरुले इप्रका मनहरीलाई खबर गरेका छन् ।


प्रहरी निरिक्षकको टोली घटनास्थलतर्फ गइरहेको प्रहरी उपरिक्षक मुकेशकुमार सिंहले बताए । मनहरीबाट घटनास्थल पुग्न हलुका सवारी साधनमा करिब ३ घन्टा लाग्छ ।


प्रकाशित : जेष्ठ ३०, २०७६ १३:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?